मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
धनुषा। प्रदेश नं २ को आाइतबार बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
विधेयक पारित भएसँंगै प्रदेश नं २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।
विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ । प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । रासस
प्रतिक्रिया
Facebook Comment