चर्को आलोचनापछि सांसदहरु कोरोना कोषमा भत्ता जम्मा गर्न बाध्य

डिसी नेपाल
३ कार्तिक २०७७ १७:३५

काठमाडौं। देशमा कोरोना महामारीको संक्रमण विस्फोटक बनिरहेको र सरकारले रकम अभाव देखाउँदै कोरोनाको उपचार खर्च नव्यहोर्ने निर्णय गरे पनि संघीय संसदका सा.सदहरुले दशैृ भत्ता बुझेपछि चर्को आलोचना भएको छ। चर्को आलोचना भएपछि सांसदहरु भत्ता वापतको सो रकम कोरोना संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण कोषमा जम्मा गर्न बाध्य भएका छन्। संसदमा करिब दुई तिहाई उपस्थिति रहेको सत्तारुढ दल नेकपा र प्रमुख प्रतिप्रक्षी दल नेपाली काँग्रेसले संस्थागत निर्णय नै गरेर भत्ता वापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

सांसदहरुले दशैं भत्ता बुझेको समाचार बाहिरिएपछि सामाजि सञ्जालमा तिब्र विरोध भएको थियो। चिकित्सकदेखि सामाजिक अभियन्ताहरुले भत्ताबारे चर्को आलोचना गरेका थिए। त्यसपछि ेकेही सांसदहरुले व्यक्तिगत रुपमा रकम फिर्ता गर्ने सूचना सामाजिक सञ्जालमै जानकारी दिएका थिए।

चौतर्फी आलोचनापछि दबाबमा परेका दलहरुले संस्थागत निर्णय नै गरेर रकम उपचार कोषमा जम्मा गर्ने भएका हुन्। प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रमुख सचेतकहरुको बैठकले सोमबार दिउँसो सो रकम उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै सो रकम उपचार कोषमा जम्मा गर्ने जनाइसकेको छ। काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै काँग्रेस सांसदले भत्ता वापत पाएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका थिए।

नेकपा र काँग्रेसले संस्थागत निर्णय गरेर भत्ता कोषमा जम्मा गर्ने जनाए पनि जनता समाजवादी पार्टी र राप्रपाबाट निर्वाचित एक सांसदले के गर्छन् भन्ने विषयमा केही बताइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *