गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
३ कार्तिक २०७७ २०:०५

गण्डकी । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना छन् । सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *