क-कसले पाउँछ कोरोनाको निःशुल्क उपचार ?

डिसी नेपाल
३ कार्तिक २०७७ २०:४५

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय गरेपछि सबैतिरबाट आलोचना भइरहेको छ। तर, सबै नेपालीको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय होइन। सरकारले निःशुल्क उपचार पाउनेको पनि वर्गीकरण गरेको छ।

गएको असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निश्चित वर्गलेमात्र निःशुल्क उपचार पाउने व्यवस्था गरेको छ। मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताल र सबै सरकारी प्रयोगशालालाई परिपत्र गरेर निःशुल्क उपचार पाउने नागरिकबारे स्पष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांग, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारी र ज्येष्ठ नागरिकले निःशुल्क उपचार पाउने छन्।

निःशुल्क उपचार पाउनका लागि उनीहरुले जुन वर्गका हुन सोही अनुसारको सिफारिस पत्र साथमा लिनुपर्ने छ। अथवा आफै घोषणा गर्नुपर्ने छ। तर, यी निःशुल्क उपचार पाउने वर्गका संक्रमितले कोरोना बीमा गरेको भए उपचार खर्च सो बीमाबाट कटौती हुनेसमेत स्वास्थ्य मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *