अत्यावश्य बाहेक बिदा नदिने सेनाको नीति, जानै पर्नेलाई हेलिकप्टर, जहाज र बसमा घर पुर्‍याइने

डिसी नेपाल
४ कार्तिक २०७७ ८:४७

काठमाडौं। नेपाली सेनाले अत्यावश्यक काम काम बाहेक अन्य प्रयोजनका लागि घर बिदा नदिने नीति लिएको छ। कोरोना माहामारीको जोमिख बढेको भन्दै सेनाले अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि बिदा नदिने नीति लिएको हो।

तर जानै पर्नेलाई भने आफ्नै हेलिकप्टर, जहाज र बसमा घर पुर्‍याइ दिने सेनाले जनाएको छ। कोरोना संक्रमणका कारण सार्वजनिक यातायातमा यात्रा गर्दा जोखिम बढ्नै भन्दै सेनाले आफ्नै साधनमार्फत घर पुर्‍याउने नीति लिएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्भव पौडेलले अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि विदा नदिने नीति रहेको भन्दै जानै पर्नेलाई भने आफ्नै साधनमार्फत घर पुर्‍याउने व्यवस्था गरिएको जानकारी दिए।

‘यो वर्ष दशैंकै लागि भनेर विदा नदिने भन्ने नीति छ,’ सहायक रथी पौडेलले डिसी नेपालसँग भने, ‘गत वर्षहरुमा २४ प्रतिशतसम्मलाई दशैंमा बिदा दिने गरिएको थियो। यो वर्ष अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि बिदा नदिने नीति छ।’

यद्यपी जानै पर्ने सैनिकहरुलाई तराईमा सेनाले विमानस्थलसम्म लौजाने, त्यहाँबाट नजिकैको ब्यारेकले बसमार्फत घर छोड्ने व्यावस्था गरिने सहायक रथी पौडेलले जानकारी दिए। पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट घर पुर्‍याउने व्यावस्था गरिएको उनले जानकारी दिए।

हाल नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ। दसैंमा यी साधनहरु प्रयोग हुनेछन्।

बिदा सकेर फर्किंदा यही व्यवस्था अनुसार ल्याइनेछ । बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने नेपाली सेनाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *