काँग्रेसले सरकारलाई स्मरण गरायो स्वास्थ्यसम्बन्धी नेकपाको घोषणा पत्रको प्रतिवद्धता

डिसी नेपाल
४ कार्तिक २०७७ १६:३२

काठमाडौं। सरकारले निश्चित वर्गकोमात्र कोरोना उपचार निःशुल्क गर्ने बाँकीले आफ्नो उपचार आफै गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी गठबन्धनले ल्याएको घोषणा पत्र स्मरण गराएको छ।

काँग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा पत्रबारे स्मरण गराएका हुन्। तत्कालिन एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए भने, सँयुक्त घोषणा पत्र जारी गरेका थिए। हाल यी दुई दलबीच एकता भएर नेकपा जन्मिएको छ। सरकार नेकपाकै छ। त्यसैले काँग्रेसले सो घोषणा पत्रमा जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा पत्रको प्रतिवद्धता सरकारलाई स्मरण गराएको हो।

काँग्रेस संगठन विभाग प्रमुख श्रेष्ठले सरकारले आफ्नै चुनावी घोषणा पत्रको प्रतिवद्धतासमेत उल्लंघन गरेर जनतालाई धोका दिएको बताएका छन्। यस्तै उनले घोषणा पत्रमात्र नभएर संविधानको उल्लंघन, सर्वोच्च अदालतको परामादेशलाई चुनौति र जनस्वास्थ्य ऐनविरुद्ध निर्णय गरेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले सरकारले उपचार खर्च नव्यहोर्ने निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *