प्रचण्डका घरबेटीले किने ‘द हिमालयन टाइम्स’ को प्रेस

डिसी नेपाल
५ कार्तिक २०७७ १०:२७

काठमाडौं। भारतीय सञ्चार संस्था आप्का हाउसद्वारा सञ्चालित अंग्रेजी दैनिक ‘द हिमालन टाइम्स’ को छापाखाना ‘समा प्रिन्टर्स’ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले किनेका छन्।

नेपालमा विदेशी लगानीमा संचारमाध्यम खोल्न पाइने कि नपाइने चर्काे विवादकाबीच सुरू भएको द हिलायन टाइम्स अंग्रेजी दैनिक पत्रिकासमेत उनै प्रचण्डका घरबेटी अधिकारीले खरिद गर्ने बार्गेनिङ भएपनि अझैसम्म पत्रिकाको किनबेचको भने टुंगो लागेको छैन।

प्रचण्डका घरबेटी ठेक्का लिने तर काम नगर्ने व्यवसायीका रुपमा बदनाम छन्। कृषि मलको आपूर्ति ठेक्का लिएका उनले समयमै मल आपूर्ति नगरेपछि सरकारले ठेक्का रद्द गर्दै धरौटीसमेत जफत गरेको थियो। र कालो सूचीमा राख्न सिफारिस गरिएको थियो।

विभिन्न ठेक्कापट्टामा संलग्न रहेका अधिकारीलाई राज्यले सुरक्षासमेत प्रदान गर्दै आएको छ। अधिकारीको व्यापार र सुरक्षा हेर्न पूर्व वाइसीएलका केही मानिसहरुसमेत प्रयोग गरिँदै आएको बताइएको छ।

अधिकारीको सैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको भक्तपुरको सल्लाघारीदेखि नुवाकोट जाने सडक समयमै नबनाएको भन्दै स्थानीयले अधिकारीको फोटो ठाउँ ठाउँमा झुण्ड्याएर सांकेतिक विरोध गरेका थिए।

यिनै अधिकारीले ७० करोड रुपैयाँमा द हिमालयन टाइम्सको छापाखाना किनेका हुन्।  अन्नपूर्ण पोस्ट र द हिमालय टाइम्स प्रकाशित गर्दै आएको आप्काले अन्नपूर्ण पोस्ट बेचेर अंग्रजी भाषाको द हिमालय टाइम्समात्र प्रकाशित गर्दै आएको छ।

तर, कोरोना महामारीका कारण सो अवधिमा अनलाइनमात्र संस्करण प्रकाशित गर्दै आएको थियो। तर केही समय अगाडिदेखि यसकाे  प्रिन्ट संस्करण पनि प्रकाशित हुँदै आएको छ।

उता प्रचण्ड र अधिकारीको सम्बन्ध पनि सँधै विवादमा रहने गरेको छ। कतिपयले त प्रचण्ड भाडामा बसेको भनिएको घर नै प्रचण्डको रहेको दावी गर्छन्। तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।  अधिकारीको व्यापारमा प्रचण्डको अदृष्य लगानी रहेको कतिपय नेकपाका नेताहरूले बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *