कोरोनाको नयाँ रेकर्डः एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो अहिलेसममकै उच्च संख्या हो ।
नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ।
थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।
प्रतिक्रिया
Facebook Comment