भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल स्वदेश फर्किए, प्रधानमन्त्री ओलीसँग तीन घण्टा लामाे भेट

डिसी नेपाल
६ कार्तिक २०७७ ११:०८

काठमाडौं। बुधबार अकस्मात काठमाडौै उत्रिएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल बिहीबार विहान स्वदेश फर्किएका छन्। स्रोतका अनुसार गोयल बिहीबार विहान १० बजे  स्वदेश फर्किएका हुन्।

उच्च सुरक्षा स्रोतका अनुसार गोयलले बुधबार राति नौ बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। । भेटमा के कुरा भयो भन्ने खुलाइएको छैन्। गाेयल हायात हाेटलमा बसेका थिए।

सीमा विवादपछि नेपाल र भारतबीच कूटनीतिक मौनता रहेका बेला काठमाडौंमा एकाएक भारतीय गुप्तचर अधिकारीहरु सक्रिय भएका हुन्। भारतसँगको सम्बन्ध ठिक नरहेको बेला भारतीय गुप्तचर प्रमुख नेपाल आउनु र प्रधानमन्त्री ओलीसँग भेट्नुले नेपाल–भारत सम्बन्धमा नयाँ कोर्स शुरु हुने संकेत देखिएको छ।

यद्यपी गोयलको नेपाल आगमनबारे नेपाल सरकार र भारतीय दूतावासले केही बताएको छैन। नेपालले आफ्नो भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले आपत्ति जनाएको थियो। नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले त्यसलाई महत्व दिएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *