भारतीय जासुस भेटेको छैन : माधव नेपाल
काठमाडौं। नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूले भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेट नगरेको बताएका छन्।
बुधबार अकस्मात काठमाडौं आएका भारतीय गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्री केपी ओलीसहित विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरेको समाचार सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले समाजिक सञ्जाल ट्वीटरमार्फत आफूले रअ प्रमुख गोयलसँग भेट नगरेको बताएका हुन्।
‘पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय संचारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भउकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ,’ ट्वीटमा नेता नेपालले लेखेका छन्।
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सन्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) October 22, 2020
रअ प्रमुख गोयलले प्रधानमन्त्री ओली केपी शर्मा ओलीलाई बुधबार राति भेट गरेको पुष्टि भएपनि अन्य नेतासँग भेट गरेको पुष्टि हुन सकेको छैन। गोयल बिहीबार विहान दश बजे स्वदेश फर्किइसकेका छन्।
Facebook Comment