विमानमा कोरोनाभाइरस संक्रमित महिलाको अचानक मृत्यु भएपछि…
काठमाडौं। कोरोनाभाइरसबाट पीडित एक महिलाको उड्नै लागेको जहाजमा अचानक स्वास्थ्य बिग्रियो र जहाजमै उनको मृत्यु भयो । महिलाको उमेर ३० देखि ४० वर्षको बीचमा भएको बताइएको थियो । उनी अमेरिकाको एरिजोनाबाट टेक्सस जानको लागि जहाजमा चढेकी थिइन् । घटनाको कैयौं समयपछि अहिले मात्रै ती महिला कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
डेलीमेलको रिपोर्टअनुसार अधिकारीहरुले अहिले ती महिला पहिलेदेखि नै कोरोनाभाइरसबाट संक्रमित भएको र जहाजमा चढेपछि उनको स्वास्थ्य बिग्रिएको पुष्टि गरेका छन् । महिला अमेरिकाको टेक्ससको गारल्याण्डकी थिइन् । जहाजमा मृत्यु भएको यो घटना २५ जुलाइको हो । घटनासँग सम्बन्धित जानकारी डलास काउन्टीका जज क्ले जेनकिंगले आइतबार मात्रै दिएका हुन् । उनले काउन्टीलाई पनि एक वा दुई दिन पहिले मात्रै यसको जानकारी दिइएको बताएका छन् ।
अमेरिकी अधिकारीहरुले ती महिलाको मृत्यु भएको एयरलाइन्सको नाम बताएका छैनन् । घटनाको बेला ती महिला विमानमा बसेको तर विमान उडिनसकेको बताइएको छ । कोरोना पीडित ती महिलालाई अन्य स्वास्थ्य समस्या पनि थिए । उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका केस ८४ लाख पुगिसकेका छन् । २ लाख २५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
Facebook Comment