कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई देउवाको आग्रह

डिसी नेपाल
६ कार्तिक २०७७ १७:२१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आग्रह गरेका छन् ।
देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् ।

सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण गखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको गरेको छ ।

देउवाले विज्ञप्तिमा सरकारको उक्त निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको र कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको बताएका छन् ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको भन्दै उनले भनेका छन्, ‘सरकारले जनताहित, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय खारेज गर्नुपर्ने भन्दै देउवाले भनेका छन्, ‘नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्म सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार र सरकारलाई आग्रह गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *