काेराेना सङ्क्रमित कर्मचारीको मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको आज उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।
उनलाई गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको र कात्तिक ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment