नेकपा उपाध्यक्ष बामदेव गौतमद्वारा भिडभाड नगरी दशैं मनाउन विशेष अपिल

डिसी नेपाल
६ कार्तिक २०७७ २३:४५

काठमाडौँ । नेकपा उपाध्यक्ष बामदेव गौतमले भिडभाड नगरी दशैं मनाउन अपिल गरेका छन्।

गौतमले बिहिबार दशँैको शुभकामनासहितको प्रेस नोट जारी गर्दै सामाजिक दुरि कायम गरेर टीका ग्रहण गर्ने, आशीर्वाद लिने र रमाइलो गर्ने बाहेक अन्यत्र आफन्तका नजाने र ठूलो भिड नगरी मनाउन अपिल गरो छन् ।

‘ विगतका वर्षहरुमा हामीले आफ्ना मान्यजन र आफन्तहरुसङ भेटघाट गर्ने, रमाइलो गर्ने र आशिर्वाद लिने परम्परा थियो र त्यो सधैं कायम पनि रहनेछ । तर यस वर्ष विश्व महामारीका रूपमा फैलिरहेको कोभिड १९ ले विश्व मानव समुदायका साथै हाम्रो समाजलाइ पनी आक्रान्त बनाइरहेको अवस्थामा हामीले पनि सचेतना अपनाउन अत्यन्त जरुरी छ । तसर्थ सबै आफन्तजन, इष्ट्मित्र, शुभचिन्तक र सम्पूर्णमा यसपालिको बडा दशै एकाघरमा रहेकाहरु समेत सामाजिक दुरि कायम गरेर टीका ग्रहण गर्ने, आशीर्वाद लिने र रमाइलो गर्ने बाहेक अन्यत्र आफन्तका नजाने र ठूलो भिड नगरी मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु । म र मेरो परिवारले पनि यसैगरी मनाउने छौ ।’ पे्रस नोटमा उनले भनेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *