उपत्यकामा २७२० सहित बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिए

काठमाडौँ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ३२२५ जना संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन् ।
देशभरका १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । थपिएकमा १ हजार ६९० महिला र २ हजार ८०९ पुरुष रहेका छन्।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । थप १७ जनाको र्मत्यु भएसँगै कुल ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।
प्रतिक्रिया
Facebook Comment