अपराध रोक्न कानूनी साक्षरताः मन्त्री तुम्बाहाङ्फे

डिसी नेपाल
७ कार्तिक २०७७ १९:५०

तेह्रथुम । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रसमेत सञ्चालन गरी अपराधलाई निरुत्साहित गर्ने बताएकी छन् ।

दशै मनाउन जन्मघर आएकी मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिएकी हुन् ।

उनका अनुसार सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा छ । उनले मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *