डिजाइन सानो बनाउँदा लिम्पियाधुरा देखिएनः प्रधानमन्त्रीको सचिवालय

डिसी नेपाल
७ कार्तिक २०७७ २०:२१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको उपलक्षमा जारी गरेको शुभकामना सन्देशमा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेर विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सप्तमीका दिन जारी गरेको दशैंको शुभकामना सम्बन्धी सन्देश विवादमा परेको छ।

यसबारे स्पष्टिकरण दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको प्रेस नोटमा उल्लेख छ ।

प्रेस नाेट
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान…

Posted by Prime Minister’s Press Advisor on Friday, October 23, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *