प्रधानमन्त्री र रअका प्रमुखबीचको भेटले अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष हुन्छः मोहन वैद्य

डिसी नेपाल
७ कार्तिक २०७७ २०:३७

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतको रिसर्च एण्ड एनालिसिस विङ्गका प्रमुख सामन्त गोयलबीच बालुवाटारमा भएको भेटबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति निकालेर यो घटनाले नेपालका प्रधानमन्त्रीलाई भारतको गुप्तचर विभागका प्रमुखको हैसियतमा गिराएको टिप्पणी गरेका छन् ।

‘भारतीय विस्तारवादी अतिक्रमणले सीमा नाघेको बेला नेपालका प्रधानमन्त्रीले भारतको एकजना गुप्तचरलाई एकान्तमा भेट्ने र त्यसको महिमामण्डन गर्ने कामले देशमा फेरि अर्को गम्भीर राष्ट्रघातको तयारी हुँदैछ भन्ने आभाष दिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले यसको घोर बिरोध र तीव्र भत्र्सना गर्दै आम देशभक्त नेपाली जनतालाई सचेत रहन उनले अपील गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *