प्रमुख सचेतकसम्बन्धी निर्णय लिने अधिकार प्रदेश पार्टी कमिटीलाई नै दिन प्रचण्डको निर्देशन

डिसी नेपाल
७ कार्तिक २०७७ २१:३२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहमाथिको कारवाही लिन निर्देशन दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को परस्पर विरोधी विज्ञप्ति जारी गरेका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष ले प्रमुख सचेतकसम्बन्धी निर्णय लिने अधिकार प्रदेश पार्टी कमिटी र प्रदेश सरकारलाई नै भएको विज्ञप्ति जारी गरेका हुन् ।
प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्तिक ४ गते मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको विषयमा छलफल भइ अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्ने सुझाव दिने समझदारी भएको थियो ।’

‘सो समझदारी र हाम्रो दलको प्रदेशसभा सदस्यहरुको भावना र मर्म अनुसार कार्यान्वयन गर्न निर्देशन गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *