कोरोना महामारी भयावह हुनसक्ने डब्ल्यूएचओको चेतावनी, विश्वभर ४ करोड २२ लाख संक्रमित
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २२ लाख पुगेको छ। ती मध्ये ३ करोड १३ लाख २९ हजार ८९३ निको भएका छन् भने ११ लाख ४६ हजार बढीको मृत्यु भएको छ।
उता विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोमनले उत्तरी गोलाद्र्ध कोरोना महामारीको स्थिति निकै नाजुक रहेको बताएका छन्। उनले आगामी केही महिना उत्तरी गोलाद्र्धमा कोरोनाबाट स्थिति नाजुक हुने चेतावनी दिएका छन्।
‘हामी नेताहरुसँग आग्रह गदछौं आगामी दिनमा कोरोनाबाट हुने मृत्युदर रोक्न तत्काल पहल सुरु गर्नुस्। स्वास्थ्य सेवा ध्वस्त हुँदैछन्। स्कुल फेरि बन्द गर्नुपर्ने हुन्छ,’ उनले भने।
उता इटलीमा पछिल्लो २४ घण्टामा १९ हजार १४३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै इटलीमा संक्रमितको संख्या ४ लाख ८४ हजार ८६९ पुगेको छ। इटटीमा हालसम्म ३७ हजार ५९ जनाको मृत्यु भइसकेको छ।
सबैभन्दा बढी संक्रमित भएको मुलुक अमेरिकामा ८६ लाख ६४ हजार ३६५ जना संक्रमित भएका छन्। अमेरिकामा हालसम्म २ लाख २८ हजार ४२३ जनाको मृत्यु भएको छ भने ५६ लाख ५६ हजार १५० जना निको भएका छन्।
दोस्रो नम्बरमा रहेको भारतमा ७७ लाख ६३ हजार ६७ जना संक्रमित भएका छन् भने भारतमा १ लाख १७ हजार ३६५ जनाको मृत्यु भएको छ। भारतमा ६९ लाख ४८ हजार ४९७ जना निको भएका छन्।
तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५३ हजार ३२ हजार ६३४ जना संक्रमित भएका छन् भने १ लाख ५५ हजार ९६२ जनाको मृत्यु भएको ब्राजीलमा ४७ लाख ८५ हजार २९६ जना निको भएका छन्।
Facebook Comment