बीजेपीको काँधमा चढेर चुनाव जित्ने रणनीतिमा नितिश कुमार

डिसी नेपाल
८ कार्तिक २०७७ १०:५४

बिहार। विगत १५ वर्षमा पहिलो पटक नितिश कुमार असहज देखिएका छन्। बिहारका सुशासन बाबू अर्थात नितिश कुमारको पुरानो छविमा विपक्षीले मात्रै होइन, आम जनताले पनि प्रश्न उठाएका छन्।

बिहार २००५ देखि यो चुनावसम्म नितिश कुमार चाहे बीजेपीसँग एनडीएमा रहुन वा आरजेडी र कांग्रेससँग महाठबन्धनमा रहुन, उनी सँधै ठूलो दाइको भूमिकामा थिए।

बिहार चुनावमा अब प्रत्येक दिन नजिकिँदै गएको छ। विधानसभा चुनावमा यो पटक एनडीए र आरजेडी–कांग्रेस गठबन्धनबीच प्रतिश्पर्धा हुँदैछ। एकातर्फ तेजश्वी यादय मुख्यमन्त्रीको नयाँ अनुहार हुन्। १५ वर्षमा यस्तो पहिलो पटक हो जब नितिश कुमार विरुद्ध सर्वसाधारण विहारमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

कुनै बेला बीजेपीले नितिश कुमारको काँधमा सवार भएर २००५ र २०१० को विधानसभा निर्वाचनमा ठूलो जित हात पारेको थियो। तर यो चुनावमा अवस्था फेरिएको छ। नितिश कुमार चुनाव जित्न बिजेपीको काँधमा सवार हुन चाहन्छन्।

आज नितिश कुमारलाई बीजेपीको काँधमा सवार भएर आफ्ना तीज सुनिश्चित गर्न यसकारण पनि आवश्यक छ किनभने विपक्षी दलले मात्रै होइन, जनतामा पनि नितिश कुमारप्रति आक्रोश व्यक्त गर्दै एनडीएको घटक दल एलजेपीका अध्यक्ष चिराग पासवानले पनि नितिश कुमारको सुशासनको बाबू वाला छविमाथि अनेकौं पटक प्रश्न उठाएर नाकाम मुख्यमन्त्रीको संज्ञा दिएका छन्।

नितिश कुमारको सुशासन वाला छवि २०१५ देखि आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन सरकार बनाउँदा धुमिल हुन सुरु भएको थियो। त्यसपछि अगस्ट २०१७ कम एक पटक फेरि आरजेडीसँग आजित भएर एनडीएमा फिर्ता हुँदै उनले बीजेपीसँग मिलेर सरकार बनाए। तर त्यसपछि मुजफ्फरपुरको होमसेल्टरको घटनाले नितिश कुमारलाई कठघरमा उभ्यायो। त्यसपछि लगातार नितिशको सुशासन बाबूको छवि झन धुमिल भयो।

जब देशमा कोरोना भाइरसदेखि सुरुवाती लडाइँ थियो, उता बिहारमा नितिश कुमारको नेतृत्वमा कोरोना भाइरस विरुद्धको लडाईँ कमजोर हुन थाल्यो। कोरोना टेस्टलाई लिएर अस्पतालको व्यवस्थासम्म आइपुग्दा नितिशप्रति जनताको आक्रोश झन् बढ्न थाल्यो। नितिश सरकारले समयमै निर्णय लिन नसक्दा बिहारमा कोरोना भाइरस फैलिएको आरोप लाग्न थाल्यो।

स्रोतका अनुसार नितिशको जेडीयूलाई तेजस्वी भन्दा धेरै नोक्सान चिराग पासवान गरिरहेका छन्। त्यसको कारण चिराग पासवानले नितिश कुमारलाई हराउने रणनीति अनुसार बीजेपी र जेडीयूबाट आएका ब्राम्हण, ठाकुुर, भूमिहार, कायस्थ, कुर्मी र कुशवाहलाई धेरै टिकट दिएका छन् जो बीजेपी र जेडीयूको भोट बैंकमा तगारो लगाएर आरजेडीको जीतको बाटो सुरक्षित गरिदिएका छन्।

त्यतिमात्रै होइन चिराग पासवानले आरजेडीको मुस्लिम र यादव भोट बैंकलाई मध्यनजर गर्दै यादव र मुस्लिमलाई टिकट दिएका छन्।
यी समग्र विषयले नितिश कुमारलाई यो पटक चुनाव जित्न त्यति सजिलो छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *