कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड
बुटवल । कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड दिइएको बताएका छन् । यसको परिणाम केही वर्षपछि मात्रै आउने उनको भनाइ छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४ को वडा भवन कार्यालयको आज शुभारम्भ गर्दै उनले स्थानीय सरकारले गरेको सडक वा कुलो निर्माणले राष्ट्रिय विकासमा मद्दत पु¥याउने बताए । मन्त्री भुसालले बाटो, कुलो, सडक, स्वास्थ्यचौकीलगायत संरचना राम्रो भएको र अझै केही गर्न बाँकी रहेको औँल्याए ।
सो अवसरमा प्रदेशसभाका सदस्य तुल्सी चौधरीले विकासनिर्माणमा प्रतिपक्षीले विरोधका लागि विरोध गरेको आरोप लगाए ।
शुद्धोधन गाउँपालिकाका प्रमुख किशुनचन्द्र चौधरी, उपप्रमुख विमला ज्ञवाली, वडाध्यक्ष राजेन्द्र कँंडेललगायतले जनताका समस्यालाई केन्द्रमा राखेर गाउँपालिकाले संरचना निर्माण गरिरहेको बताए। सो भवन रु ७४ लाखको लागतमा दुई वर्षका अवधिमा तयार भएको हो ।रासस
Facebook Comment