‘हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?’: काँग्रेस प्रवक्ता

डिसी नेपाल
८ कार्तिक २०७७ १८:०९

काठमाडौँ । सत्तारुढ दल नेकपाको स्थानीय दुई समुहबीच पर्सा जिल्लामा बिहीबार भएको झडपमा एक जनाको मृत्यु भएको घटनामा दोषीमाथि कारवाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा एक विज्ञप्ति जारी गर्दै घटनाको गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।
ने‘कपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साबाट घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’ विज्ञप्तिमा भनएिको छ ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए।

त्यसमध्ये मुकेश चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *