पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ निको भए

डिसी नेपाल
९ कार्तिक २०७७ १६:२८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् ।

३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।

प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०.६ प्रतिशत हो ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा छैनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *