राप्रपा अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

डिसी नेपाल
९ कार्तिक २०७७ १७:५८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उनी आज घर फर्किएका हुन्।

गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्टयान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कनसल्टयान्ट पन्मनोलोजिष्ट डा सुबोध ढकाल, कन्सल्टयान्ट इन्टेन्सिभिष्ट डा प्रमेशसुन्दर श्रेष्ठ, डा विपीन कार्कीलगायतको टोली संलग्न थियो । दश दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *