राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
१० कार्तिक २०७७ ६:२०

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि काेराेना परिक्षण गर्दा उनमा काेभिड १९ पाेजिटिभ देखिएकाे थियाे उनलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालकाे सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।

थापाको उपचारमा यस अस्पतालका मेडिकल डाइरेक्टर समेत भएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ काेईराला, सिनियर कनस्ल्ट्यान्ट पन्मनाेलाेजिस्ट डा. सुबाेध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा. प्रमेशसुन्दर श्रेष्ठ, डाक्टर बिपिन कार्की लगायतकाे डाक्टर र नर्सहरुकाे टिम संलग्न थियो।  अस्पताल बसाईपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *