विश्वमा कोरोना : गत २४ घण्टामा ४ लाख बढी कोरोना संक्रमित थपिए, सबैभन्दा बढि अमेरिकामा

काठमाडौं। विश्वभरमा गत २४ घण्टामा ४ लाख बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार विश्वभरका सवा २ सय बढी देशहरुमा गरी ४ लाख ११ हजार ३ सयबढि कोरोनाका संक्रमितहरु थपिएका हुन। योसँगैं विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड, ३७ लाख ७० हजार ५ सय रहेको छ।
गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ८ सय कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ लाख ६२ हजार ७ सय रहेको छ। जसमध्ये २ लाख ३१ हजार बढिले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा ५ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।
अमेरिकापछि भारतमा ३६ हजार ८ सय कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ लाख ४५ हजार ८ सय रहेको छ। जसमध्ये १ लाख १९ हजार बढिले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा ५ सयको कोरोनाका कारण मृत्यु भएको छ।
पछिल्लो समय फ्रान्समा संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको छ। सधैव तेस्रो नम्बरमा आउने ब्राजिल भन्दा पनि कोरोनाका संत्रमितहरु फ्रान्समा देखिन थालेका छन्। फ्रान्समा २६ हजार ७ सय बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ६५ हजार २ सय बढि रहेको छ। जसमध्ये ३५ हजार बढिले ज्यान गुमाइसकेका छन् भने गत २४ घण्टामा २ सय बढिको कोरोनाका कारण मृत्यु भएको छ।
यस्तै, फ्रन्सपछि यूकेमा २० हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। पछिल्लो समय युरोपका देशहरुमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ। स्वीजरल्याण्ड, ब्राजिल, स्पेन, रसिया र इटालीमा १७ हजर बढि कोरोनका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।
बेल्जियममा १५ हजार बढि, जर्मनीमा १२ हजार बढि र अर्जेन्टिनामा ११ हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्, भने नेदरल्याण्ड र पोल्याण्डमा १० हजार बढि, कोलोम्बीयामा ९ हजार बढि, इरान र यूक्रेनमा ५ हजार बढि कोरोनाका संक्रमितहरु थपिएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ।
Facebook Comment