अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गरी काम हुन्छ : मन्त्री श्रेष्ठ

डिसी नेपाल
११ कार्तिक २०७७ १४:२८

सिरहा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने  गरी मन्त्रालयले काम अगाडि बढाएको बताएका छन्।
सिरहाको गोलबजार नगरपालिकामा १५ शय्याको सुविधासम्पन्न अस्पताल र असहाय सेवा सदन भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले फरक क्षमता भएका व्यक्तिलाई अवसरको सिर्जना तथा आश्रित र अपाङ्गता भएका व्यक्तिको जीवननिर्वाह, महिला हिंसा अन्त्य, बालबालिका शिक्षा, वृद्धवृद्धाको सम्मानपूर्वक बाँच्ने अधिकारलगायत विषयमा मन्त्रालयले ठोस योजना बनाइरहेको बताए।

कार्यक्रममा भवन निर्माणका लागि जग्गादान गर्ने गोलबजार नगरपालिकाका व्यवसायी केदार श्रेष्ठ, हीरालाल श्रेष्ठ, मोती श्रेष्ठ, जवाहरलाल श्रेष्ठ र डा विष्णु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
बुवा शिवनाथ र आमा सन्तमाया श्रेष्ठका स्मृतिमा श्रेष्ठ दाजुभाइले १५ शय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि १५ कठ्ठा १० धुर र असहाय वृद्ध सेवा सदन निर्माणका लागि सात कठ्ठा १० धुर जग्गादान गर्नुभएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *