कुकुर घुमाउने जागिर खुल्यो ! लाखौं तलब, पेन्सन र स्वास्थ्य उपचारको समेत सुविधा

काठमाडौं। कुकुर घुमाउने जागिर, लाखौं तलब, निःशुल्क स्वास्थ्य उपचारको सुविधा र रिटायर भएपछि पेन्सनको समेत सुविधा । सुन्दा अनौठो लाग्छ तर बेलायतको राजधानी लण्डनमा रहेको ल फर्म जोसेफ हेग आरोन्सनले कुकुर घुमाउने कामको लागि नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको छ ।
डेलीमेलमा प्रकाशित समाचार अनुसार यो कामको लागि छनौट हुने कर्मचारीको काम कुकुर घुमाउने हुनेछ । यो कामको लागि वार्षिक ३० हजार पाउण्ड (४६ लाख नेपाली रुपैयाँ) तलब दिइनेछ । साथमा पेन्सन, जीवन बीमा र निजी मेडिकल र डेन्टल बिमा पनि दिइनेछ । बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म काम गर्नुपर्नेछ ।
प्रतिक्रिया
Facebook Comment