पत्रकार चौधरीको निधन

लहान । नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको आज मध्याह्न निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पत्रकार चौधरीको निधन भएको परिवारजनले जनाएको छ ।
सिरहा, सुखीपुर नगरपालिका –८ निवासी ३५ वर्षीय चौधरी केही दिनदेखि बिरामी थिए । उपचारकै क्रममा उनको निधन भएको सुखीपुरक पत्रकार रोयण्टर मण्डलले जानकारी दिए ।रासस
प्रतिक्रिया
Facebook Comment