बिहे भोजबाट फर्कँदा खुट्टा छिनालियो, अनुसन्धानका लागि ३३ जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१२ कार्तिक २०७७ ९:५५

काठमाडौं। दाङ तुलसीपुरका ४५ बर्षीय कुमार (कमारा) बिकलाई भान्जको बिहेभोजबाट घर फर्कदै गर्दा धारिलो हतियार प्रयोगबाट खुट्टा छिनालिएको छ।

दशैंको टीकको दिन सोमबार राति भान्जाको बिहेभोज खाएर घरतर्फ फर्कँदै गर्दा उनीमाथि अज्ञात समूहले आक्रमण गरी खुट्टा छिनालिएको दाङ प्रहरीले जनाएको छ। सो घटनामा प्रहरीले ३३ जना स्थानीय युवालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुरका विकको सोमबार राति खुट्टा छिनालिएको अवस्थामा फेला परेको उनीमाथि आक्रमण गरेको आशंकामा मंगलबारदेखि बुधबार विहानसम्म प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

तुलसीपुर १० गोलौरीमा दशैको टिकाको दिन राति अपरिचित समुहको धारिलो हतियारको आक्रमणवाट एउटा खुट्टा छिनालिएको अवस्थामा उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो।

प्रहरीका अनुसार एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुनेगरी काटिएको अवस्थामा फेला पारिएको थियो। तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिव सिंहका अनुसार तुलसीपुरका स्थानीय ३३ जना युवाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ।

घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट थप उपचारका लागि बाँके पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भान्जाको विहेभोज खाएर घर फर्कँदै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *