अबदेखि हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ ।
दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।
प्रतिक्रिया
Facebook Comment