नागढुंगाबाट ठूलो मात्रामा पटाका बरामद

डिसी नेपाल
१२ कार्तिक २०७७ २३:४०

काठमाडौं । प्रहरीले नागढुंबाट चेकजाँचका क्रममा बसमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ठूलो परिणाममा पटाका बरामद गरेको छ ।

आइतबार महानगरीय प्रहरी प्रभाग, नागढुंगाले महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँचको क्रममा सिटमुनि लुकाएको अवस्थामा १० बोरा पटाका बरामद गरेको हो ।

बसमा २ लाख ६६ हजार थान पटका फेला परेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ । अनुसन्धानका क्रममा तत्काल बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरिएको थियो । बरामद भएको पटकाको बजार मुल्य अन्दाजी १३ लाख ३० हजार रूपैयाँ रहेको प्रहरी वृत्त, थानकोटले जनाएको छ ।

यस्तै सोमबार नागढुंगामै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँच गर्ने क्रममा ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद गरिएको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार रौतहटको पिन्टु जैसवालले पटाका ल्याएको खुलेको थियो ।

उक्त पटका तिहारलाई लक्षित गरी काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्न ल्याइएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।

दुवै घटनामा मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *