हार्ले डेभिडसनले ल्यायो नयाँ ब्राण्डको इलेक्ट्रोनिक साइकल
काठमाडौं। चर्चित मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले नयाँ इलेक्ट्रोलिक साइकलको ब्राण्ड लञ्च गरेको छ । झण्डै २ वर्षअघि घोषणा गरिएको यो साइकल ब्राण्ड अहिले लञ्च गरिएको हो । कम्पनीले सिरियल वन साइकल कम्पनी नामबाट आफ्नै इलेक्ट्रोनिक साइकलको नयाँ ब्राण्ड सुरु गरेको हो ।
नयाँ ब्राण्डको लाम हार्ले डेभिडसनले सबैभन्दा पहिले बनाएको मोटरसाइकल ‘सिरियल नम्बर वन’बाट प्रभावित छ । सिरियल वन आधिकारिक रुपमा २०२१ को मार्चमा आम उपभोक्ताका लागि उपलब्ध हुनेछ । अहिलेको लागि कम्पनीले प्रोटोटाइप मोटल मात्र सार्वजनिक गरेको हो । यसको डिजाइन पनि १९०३ मा बनाइएको पहिलो मोटरसाइकलबाट प्रभावित छ ।
प्रतिक्रिया
Facebook Comment