देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ । पछिललो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
यस्तै ३ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनासहित मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।
नेपालमा निको भएकाको प्रतीशत ७५.८ रहेको छ।
प्रतिक्रिया
Facebook Comment