प्रहरीले खोज्न थालेपछि भिटेनले हेर्न नमिल्ने बनाए भिडियो

डिसी नेपाल
१३ कार्तिक २०७७ १८:५३

काठमाडौँ । समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ । बिहीबार उनले युट्युबमा राखेको भिडि‌यो हेर्न नमिल्ने (पा्रइभेट) बनाएका छन्।

बिहीबार दिउँसोसम्म युट्युब टेन्ड्रिङको पहिलो नम्बरमा रहेको भिडियो अहिले देखिँदैन।

भिटेन म्युजिक नामक युट्युब चयानलमा ‘पारा’ शीर्षकमा रहेको भिडियो ५ दिनअघि हालिएको थियो । उक्त च्यानलमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन।

प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो ।

यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता फैलाउने शब्द राखेका कारण प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाउछ त्यसका लागि साइबर व्यूरोलाई निर्दैशन गइसकेको छ’, प्रहरी प्रवक्ता कुवेर कडायतले भने । भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

एक वर्षअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले छाडेका भिटने नसुध्रिएको प्रहरीको बुझाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *