कोरोनाः केही बिरामीमा भाइरस मार्ने होइन शरीरलाई नै आक्रमण गर्ने एन्टिबडी विकसित
काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित केही बिरामीमा यस्ता ‘अटो एन्टिबडी’ विकास भएको पाइएको छ जसले भाइरसमाथि नभइ मानिसको शरीरको रोग प्रतिरोधी क्षमतामाथि नै आक्रमण गरिरहेका छन् । एक नयाँ अनुसन्धानमा यसको खुलासा भएको हो । यो अध्ययनपछि विशेषज्ञहरुले ‘लंग कोभिड’को पछाडि अटो एन्टिबडीहरु पनि एक कारण हुन सक्ने विश्वास गरेका छन् । लंग कोभिड यस्तो स्थिति हो जहाँ कोभिड–१९ नेगेटिभ घोषित गरिसकिएपछि पनि हप्तौंसम्म बिरामीलाई विभिन्न स्वास्थ्य समस्याहरु भइरहन्छन् ।
नयाँ अनुसन्धानमा भएको खुलासा अनुसार कोरोना संक्रमित भएपछि निको भएका केही बिरामीहरुमा हानीकारक इम्युन सेल्स विकास हुन्छन् । जर्जियाको इमोरी युनिभर्सिटीका वैज्ञानिकहरुले अनुसन्धानमा पत्ता लगाएअनुसार यी अटो एन्टिबडीहरु त्यस्तै हुन् जस्तो केही हेपाटाइटिसका केसहरुमा अटो इम्युन रेस्पोन्स हुन्छ । वैज्ञानिकहरुले यसका कारण लंग कोभिडको उपचार खोज्न अझै कठिनाइ हुन सक्न्े आशंका गरेका छन् ।
साइन्स अलर्टमा प्रकाशित रिपोर्टअनुसार लंग कोभिडसँग जुधिरहेका बिरामीको संख्या पत्तँ लगाउन कठिन छ तर यस्ता बिरामीहरुको संख्या लगातार बढिरहेको छ । कैयौं कोरोना बिरामीहरु नेगेटिभ घोषित भएपछि कैयौं महिनासम्म स्वयंलाई निकै कमजोर पाउँछन् र लगातार थाकेको महसुस गर्छन् । बेलायतमा गरिएको अध्ययनमा अस्पतालमा भर्ना गरिएका हरेक ११० बिरामीमध्ये ८१ जनामा अस्पतालबाट डिस्चार्ज भएपछि पनि महिनौंसम्म विभिन्न समस्या भएको पाइएको थियो । लंग कोभिडबाट पीडित बिरामीहरु हरेक उमेर समूहका छन् ।
Facebook Comment