आठ दिनपछि चौरसियाको अन्त्येष्टि

डिसी नेपाल
१४ कार्तिक २०७७ २१:०९

पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी (नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *