देशभर थप २५०८ जनामा कोरोना संक्रमण, २२६४ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट थप १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
प्रतिक्रिया
Facebook Comment