तीनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीले रोप्यो गुर्जो

डिसी नेपाल
१५ कार्तिक २०७७ १७:०४

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको बिरुवा रोपेको छ । त्यस्तै आजै मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५ , ५ वटा गुर्जोको बिरुवा रोपिएको छ ।

आज शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको बिरुवा रोपिएको हो ।

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भने, “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *