नेकपाको विवाद उत्कर्षमा पुगेपछि सामाजिक सञ्जालमा नेताहरुको गुहार

डिसी नेपाल
१६ कार्तिक २०७७ २३:२१

काठमाडौं। सत्तारुढ दल नेकपाको आन्तरिक विवाद फुटतर्फ धकेलिएपछि नेकपा नेताहरु तरंगित बनेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद पार्टी विभाजनतर्फ बढेको भन्दै नेताहरुले सामाजिक सञ्जालमार्फत पार्टी एकता जोगाउन आव्हान गरेका छन्।

यसरी आव्हान गर्नेमा पार्टी महासचिब तथा अर्थमन्त्री विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छन्।
नेकपा महासचिव पौडेलले पार्टी विभाजनको सँघारमा पुगेको संकेत गर्दै फेसबुकम स्टाटस लेखेका छन्, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’
आइतबार खुमलाटारमा ६ जना सचिवालय सदस्यहरुलाई राखेर प्रचण्डले प्रधानमन्त्री ओलीले सँगै जान नसकिने भए अलग जाउँ भनेको बताएपछि नेकपा फुटतर्फ धकेलिएको विश्लेषण हुन थालेको छ। यससँगै नेकपामा खैलाबैला मच्चिएको छ।

राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय…

Posted by Bishnu Prasad Paudel on Sunday, November 1, 2020

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न सबैलाई अपील गरेका छन्।समाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन्। पार्टी एकताको रक्षा निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिवद्धता भए पुग्ने भन्दै उनले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्नुपर्ने पनि उललेख गरेका छन्।

हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो ।यसको…

Posted by Narayan Kaji Shrestha on Sunday, November 1, 2020

यस्तै रामकुमारी झाँकी्रले पार्टी किन फूट्ने होला ? अनि कसले फूटाउने होला ? ट्विटरमार्फ प्रश्न गर्दै अब पार्टी फूटाएर पार्टी सदस्य र समर्थकको दिमाग नखान नेतृत्वलाई आग्रह गरेकी छन्।

यस्तै भीम रावलले विधि,प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार भएको भन्दै तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन्। रावलले ट्विटरमार्फत कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपा विरूद्धको अपराध हुनेबताएका छन् । उनले समझदारी,एकता र देशहित मनमा राखी समस्या समाधान गर्न समेत सुझाएका छन्।

यस्तै शंकर पोखरेलले फेसबुकमा स्टाटस लेख्दै विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो भनने ख्याल नगर्दा सदैव आग्रह मिसिने भन्दै आक्रोस पोखेका छन् ।

विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो ? भन्दा सदैव आग्रह मिसिन्छ ।

Posted by Shankar Pokhrel on Sunday, November 1, 2020

रामप्रसाद सापकोटाले प्रचण्डको बिरुद्धमा बोल्नेलाइ काउन्टर दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै अब कसको कति सुरक्षित भनेर अर्को चुनावसम्म हेर्ने धैर्यता गर्न समेत भनेका छन् ।

प्रचण्डको निर्बाचन क्षेत्र सुरक्षित छैन भन्नेहरूले बिर्सेछन् उनले चुनाब जितेको माअोवादीसँग एकता गरेपछि मात्रै हो । अब कसको कति सुरक्षित भनेर अर्को चुनावसम्म हेर्ने धैर्यता गरौं ।

Posted by Ram Prasad Sapkota Deepshikha on Sunday, November 1, 2020

यस्तै गोकुल बास्कोटाले सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट नभएको भन्दै लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान हुने कुरा उल्लेख गरेका छन् ।

सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।

Posted by Gokul Baskota on Sunday, November 1, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *