कोरोनाभाइरसको दोस्रो लहर किन खतरनाक ? साक्षी छ सय वर्षअघिको इतिहास

डिसी नेपाल
१७ कार्तिक २०७७ ११:५७

काठमाडौं। कोरोनाभाइरस संक्रमणका केसहरु पछिल्ला केही सातायता ह्वात्तै बढेका छन् । युरोपका कैयौं देशहरु पुनः लकडाउनमा फर्किएका छन् । उत्तरी गोलार्द्धका केही देशहरुमा चिसो मौसक आइसकेको छ भने केही देशमा भर्खर चिसो मौसम सुरु हुँदैछ । चिसो मौसममा यो भाइरसको प्रकोप बढ्ने विशेषज्ञहरुले यसअघि नै चेतावनी दिइसकेका छन् । विशेषज्ञहरुले चिसो मौसम सुरु हुँदै गर्दा सय वर्षअघि १९१८ को स्पेनिश फ्लुको महामारीबाट पाठ सिक्न अपिल गरिरहेका छन् ।

१९१८ मा आएको यो महामारीलाई स्पेनिश फ्लु पनि भनिन्छ । अमेरिकी टेलिभिजन च्यानल हिस्ट्रीको रिपोर्टअनुसार स्पेनिश फ्लुले पहिलो लहरमा भन्दा दोस्रो लहरमा धेरै मानिसहरुको ज्यान लिएको थियो । यो भाइरस ए एचवन एनवन भाइरसबाट उत्पन्न भएको थियो । यो महामारीका तीन लहर आएका थिए । यो महामारीको पहिलो लहर कम प्राणघातक थियो र धेरैको ज्यान दोस्रो लहरमा गएको थियो । यही कारण कोरोनाभाइरसका विषयमा पनि विशेषज्ञहरुले यदि मानिसहरुले सतर्कता नअपनाउने हो भने पहिलो लहरभन्दा दोस्रो लहर धेरै खतरनाक हुने चेतावनी दिएका छन् ।

बेलायत, फ्रान्स लगायत युरोपका कैयौं देशहरुले कोरोना संक्रमणका केसहरु बढेपछि दोस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । विश्वमा भाइरस नियन्त्रण गर्न सफल भएका देश निकै कम छन् । यही कारण विश्वव्यापी रुपमा कोरोनाको गम्भीर खतरा कायमै छ । विशेषज्ञहरुका अनुसार कोरोनाभाइरसका विषयमा वैज्ञानिक र आम नागरिकसँग धेरै जानकारी उपलब्ध छ तर १९१८ को स्पेनिश फ्लु महामारीको समयमा भने यस्तो थिएन । त्यतिबेला आम मानिसहरुलाई यो महामारी कसरी फैलिइरहेको छ र कसरी यसबाट बच्न सकिन्छ भन्ने विषयमा जानकारी थिएन ।

१९१८ को फ्लु महामारीको क्रममा विश्वभर ५ देखि १० करोड मानिसको मृत्यु भएको थियो । सीएनएनको एक रिपोर्टअनुसार मृत्यु हुनेमध्ये करिब ५० प्रतिशत २० देखि ४० वर्ष उमेर समूहका थिए । महामारीका २ लहर १९१८ मा र तेस्रो लहर १९१९ मा आएका थिए । आजसम्म विश्वमा यो कुरामा सहमति बन्न सकेको छैन कि यो महामारी कहाँबाट सुरु भएको थियो । त्यतिबेलाको फ्लु महामारीले विश्वको कूल जनसंख्याको एक तिहाइलाई संक्रमित गरेको थियो ।

१९१८ को फ्लु महामारीबाट सबैभन्दा धेरै मृत्यु दोस्रो लहरमा अर्थात नोभेम्बर महिनामा भएको थियो । त्यतिबेला पनि जाडो मौसममा सुरु भएको महामारी गर्मी मौसममा कम हुँदै गएर फेरि जाडो सुरु हुँदा भयानक रुपमा फैलिएको थियो । अहिले कोरोनाभाइरसको सन्दर्भमा पनि विशेषज्ञहरुले जाडोको मौसममा यो भाइरस धेरै खतरनाक हुने आशंका गरेका छन् किनकि हावामा आर्द्रता कम हुने भएकोले जाडोमा भाइरस फैलिने खतरा अधिक हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *