प्रधानसेनापतिबाट रथी हमाललाई दज्र्यानी चिह्न

डिसी नेपाल
१७ कार्तिक २०७७ २२:२६

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले हमाललाई रथीको दज्र्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।

नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *