गिट्टी कुट्दै गर्दा ढुङ्गाले लागेर मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०७७ २३:३७

बैतडी । बैतडीमा ढंङ्गाले लागेर एक महिला मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका ८ खोडपेका ४० वर्षीया कौशा विष्ट रहेका छन् ।

खोडपे–सौखाया सडकखण्डको खोल्देखाली भन्ने स्थानमा गिट्टी निकालिरहकी कौशाको माथिबाट आएको ढुङ्गाले लागेर मृत्यु भएको स्थानीय कृष्ण विष्टले जानकारी दिए ।

गम्भीर घाइते कौशाको उपचारको लागि डडेल्धुरा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *