फ्लोरिडामा डाेनाल्ड ट्रम्प बिजयी

डिसी नेपाल
१९ कार्तिक २०७७ १२:०७

बीबीसी। फ्लोरिडामा यस पटक पनि डेमोक्र्याटहरूले बहुसङ्ख्यक मतदाताको साथ पाउन सकेनन्। उक्त राज्यमा डेमोक्र्याटिक पार्टीका माइकल ब्लुमबर्ग लगायतका धनाढ्य व्यापारीहरूले करोडौँ डलर चुनावी प्रचारप्रसारका क्रममा खर्च गरेर मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए। तर त्यहाँ डोनल्ड ट्रम्पले दोस्रो पटक पनि जित हासिल गरेका छन्।

फ्लोरिडा डोनल्ड ट्रम्पको गृहराज्यजस्तै बन्न पुगेको छ। उनले परम्परागत रूपमा रिपब्लिकनहरूको वर्चस्व रहेका स्थानबाट राम्रो नतिजा ल्याउन सके भने जो बाइडनको समर्थन रहेको ठानिने हिस्पानिक मूलका मतदाताहरूबाट समेत उनी आफ्नो पक्षमा मत प्राप्त गर्न सफल रहेका देखिएको छ।

फ्लोरिडाको जितपछि ट्रम्पले आफ्नो पुन:निर्वाचनका लागि पहिलो ठूलो अवरोध पार गरेका छन्। यसबाट कम्तीमा पनि यो राज्यमा निर्वाचनअघि विभिन्न मत सर्वेक्षणहरूले बाइडनको पक्षमा मतदाताको झुकाव रहेको भनी देखाएका नतिजाहरू पूर्ण रूपमा विश्वसनीय नरहेको देखिएको छ।

अब ट्रम्पले औद्योगिक “मिडवेस्ट” भनिने राज्यहरूमा अझै पनि आफ्नो प्रभाव कायम रहेको भन्ने देखाउनुपर्नेछ जुन कारणले सन् २०१६ मा उनी राष्ट्रपतिमा निर्वाचित हुन सकेका थिए।

उनले नोर्थ क्यारलाइना र एरिजोनाजस्ता स्थामा पनि जित हासिल गर्नुपर्नेछ। त्यहाँ जो बाइडनले पनि इलेक्टरल कलेजमा जित हासिल गर्न सक्ने सम्भावना देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *