भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खाेज्ने विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

डिसी नेपाल
२० कार्तिक २०७७ १२:४६

काठमाडौं। तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाएर  विरोध गर्न तयारी अवस्थामा रहेका नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको विशेष इन्टेलीजेन्स व्यूरोको टोलीले काठमाडौको बागबजारबाट खोटाङका २८ बर्षीय खेम प्रधान तथा बर्दियाका ३८ टिकाराम चौधरीलाई पक्राउ गरेको हो।

उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका डिआइजी एवं प्रवक्ता राजु अर्यालले दुई जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको बताए।

विप्वल समूहले बुधबार बानेश्वर लगायतका स्थानमा कालो झण्डा देखाएको थियो। आज पनि बागबजारमा कालो झण्डा देखाउने कार्यक्रम त भएका बेला उनीहरुलाई नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *