साउदीमा थप २७ जना अवैधानिक नेपालीले पाए एक्जिट भिसा (सूचीसहित)
रियाद । साउदी सरकारले थप २७ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार २१७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । भिसा प्राप्त गरेका १ हजार १९० जनाको सूचि दूतावासले यसअघि नै सार्वजानिक गरिसकेको थियो ।
परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ। बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो।
दूतावासकाअनुसार साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिनाभन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको हो।
यसरी बहिर्गमन प्राप्त गरेकाहरुले ६० दिनभित्र साउदी अरव छोडिसक्नुपर्नेछ ।
एक्जिट भिसा प्राप्त गरेका थप ३७ नेपालीको विवरण
Facebook Comment