पछिल्लो २४ घण्टामा ३०५१ कोरोना संक्रमित, १८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment