चुनाव हार्ने भएपछि ट्रम्पले भने ‘मतगणना रोक’
ेवाशिङ्टन (एजेन्सी)। ३ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना अन्तिमतिर जाँदा चुनाव हार्ने देखेपछि राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मतगणना रोक्न भनेका छन्। उनले ट्वीटरमा गणना रोक भनेर ट्वीट गरेका छन्।
हालसम्म ५० मध्ये ४४ राज्यको मतगणना सकिँदा ट्रम्पले मात्र २१४ इलेक्टरल भोट जितेका छन् भने उनका प्रतिष्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले २६४ इलोक्टरल भोट जितेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलोक्टरल कलेज जित्नुपर्छ।
राष्ट्रपति ट्रम्पले चुनाव हार्ने भएपछि मतगणना रोक्न भन्दै ट्वीट गरेपछि अमेरिकी राष्ट्रपतीय निर्वाचन विवादमासमेत परेको छ। मतगणना जारी रहेका ६ मध्ये ५ राज्यमा ट्रम्पले अग्रता लिएका छन्। तर, ६ इलेक्टोरल भोट रहेको नभदा राज्यमा बाइडेनले अग्रता लिएपछि उनले चुनाव जित्ने अनुमान गरिएको छ। आफूले अग्रता लिइरहेको पेन्सिल्भेनिया मतगणना रोक्न भनेका छन् भने चुनाव परिणाम आइसकेको मिशिगन र वान्सिक्सको मतगण्ना फेरि हुनुपर्ने माग गरेका छन्।
उता बाइडेनले भने एक एक मत गण्ना गरिनुपर्ने बताएका छन्। यही विषयलाई लिएर ट्रम्प अदालतसम्म पुगेका छन्।
STOP THE COUNT!
— Donald J. Trump (@realDonaldTrump) November 5, 2020
Facebook Comment