स्रोत नखुलेको ४० लाख रुपैयाँ बरामद

डिसी नेपाल
२१ कार्तिक २०७७ १४:२६

काठमाडौं। प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ।

शुक्रबार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बसमा सवार व्यास गुप्ता ४० लाख रुपैयाँसहित पक्राउ गरेको हो।

नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय गुप्ताको साथमा फेला परेको रकमको श्रोत नखुलेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ। गुप्ताले उक्त रकम झोला र कम्मरमा पेटीमा लुकाई ल्याएका थिए। १ हजार दरका ४ हजार थानका नोट रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *